Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
काठमाण्डौंमा बिहिवारदेखि व्यापार व्यवसाय र यातायातमा निषेधाज्ञा हटाईदै

काठमाडौँ — काठमाण्डौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । भदौ ३ गते देखि लागू गरिएको निषेधाज्ञा यातायात र व्यापाररव्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिईने जानकारी दिए । यद्यपी अन्य क्षेत्रमा भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ ।

उपत्यकाका तीनै वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्दैछन् । प्रजिअ दाहालका अनुसार व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइनेछ ।

तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिने जनाईएको छ । यस्तै शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत क्षेत्रपनि नयाँ निर्णय नहुन्जेलसम्म बन्द रहने छन् । उपत्यकामा यसअघि जारी गरिएको निषेधाज्ञा बुधवार मध्येरातबाट सकिँदैछ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update