चरिकोट – दोलखा गौरीशंकर गाउँपालिकाका एक बृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षिय वृद्धमा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
उनको यही भदौ १९ गते उपचारका लागि काठमाण्डौं स्थित बीर अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । मृत्युअघि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा हालै उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार उनको रिपोर्ट आईतवार पोजेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले भने ती बृद्धको स्वाब जिल्लामा संकलन नभएकाले जानकारीमा नआएको जनाएको छ ।
दोलखा जिल्ला घर भई काठमाण्डौंमा कोरोना संक्रमण देखिएर मृत्यु भएको यो तेस्रो घट्ना हो । यसअघि जिल्लाकै एकजना वृद्ध र युवतीको पनि काठमाण्डौंमा मृत्यु भैसकेको छ ।