थप ९७९ जनामा कोरोना संक्रमण, ३ सयको मृत्यु
काठमाडौं - नेपालमा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गरिएको थियो ।
नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
संक्रमितहरुमध्ये ३०० जनाको मृृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको छ ।
यसबीचमा ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७ १६:४४
प्रतिक्रिया दिनुहोस्