नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु
काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ को मृत्युभएसँगै मृतकको संख्या २ सय ८९ पुगेको हो ।
मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ जना महिला र ७ जना पुरुषको मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा मोरङका ६४ वर्षीया र झापाका ४५ वर्षीया महिला तथा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, चितवनका ७० वर्षीय र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय पुरुष रहेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७ १७:३२
प्रतिक्रिया दिनुहोस्