Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्वास्थ्यमन्त्रीको परिवारमा देखियो कोरोना, मन्त्री ढकाल क्वारेन्टिनमा

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना संक्रमण देखिएको छ । मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । परिवारका सदस्यमा कोरोना देखिएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन् ।

परिवारको सदस्यलाई संक्रमण भएपछि आफु क्वारेन्टिनमा बसेको मन्त्री ढकालले बताए । मन्त्री ढकालले क्वारेन्टिनबाटै मन्त्रालयको काम सम्हालिरहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update