चरिकोट - दोलखामा एकैदिन ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीशंकर गाउपालिकाको दुई जना पुरुष र एकजना महिला तथा बिगु गाउपालिकाकी एक जना युवतीमा स्सङ्क्रमण पुष्टि भएको हो । उनीहरुमध्ये दुईजना सुरी र एकजना चंखुका रहेका छन ।
यो संगै गौरीशंकरमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । गौरीशंकर गाउपालिकाबाट पछिल्लो पटक १०३ जनाको स्वाब पठाइएकोमा ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि आजै बिगु गाउपालिका ४ सिङगटिकी एक युवतीमा पनि सङ्क्रमण पुष्टि भएको थियो । गौरीशंकर गाउँपालिका १०३, कालिञ्चोक गाउँपालिकाबाट ६० र भिमेश्वर नगरपालिकाबाट ३७ जना गरी जिल्लाबाट जम्मा २ सय जनाको स्वाब परीक्षणका लागि धुलिखेल पठाईएकोमा सोमवार ४ जनाको पोजेटिभ र अन्य सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।