दोलखाको विगु गाउँपालिकाकी युवतीमा कोरोना संक्रमण पुष्टि
दोलखाको विगु गाउँपालिकाकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । विगु गाउँपालिका बडा नम्बर ४ सिंगटीकी अन्दाजी २२ वर्षिय युवतीमा संक्रमण पुष्टी भएको हो ।
कालिञ्चोकबाट ६० जना मध्ये स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा विगु गाउँपालिका ठेगाना भएकी युवतीमा संक्रमण पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टि भएका बोलेरो चालकको घर आसपास घर भएकी युवतीमा संक्रमण पुष्टी भएको हो ।
बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यस्तै भिमेश्वर नगरपालिकाबाट ३७ जनाको स्वाब परीक्षणका लागि पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७ १६:२०
प्रतिक्रिया दिनुहोस्