Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाण्डौं – गायक शिखर थामी र देब्बा थामीको थाङ्मी कारी सार्बजानिक भएको छ । भदौ ६ गते सिंगर शिखर क्रियसन युट्युव च्यानलमार्फत उक्त गितको लिरिकल भिडियो सार्वजानिक गरिएको हो ।

थामी समुदायको साँस्कृतिक मान्यता अनुसार गरिने बच्चाको न्वारानको विषयलाई गीतमा उतार्न खोजिएको छ । गीतमा गायक शिखर आफैले स्वर दिनुका साथै संगित भरेका छन् भने देब्बा थामीको लय र शब्द रहेको छ ।

यो गीतमा सन्चिमाया थामी, खिमराज थामी, कुमारी थामी, सानुमैया थामी, मनिराज थामी, शान्त थामी, तिर्खा थामी लगायतको महत्वपुर्ण सहयोग रहेको गायक थामीले बताए ।

पछिल्लो समय सांगितिक क्षेत्रमा निक्कै सक्रिय गायक शिखर थामीले छुट्टै पहिचान बनाउन थालेका छन् । दोलखा विगु गाउँपालिका ५, आलाम्पुका घर भएका उनले यसअघि थामी जातीको सांस्कृतिक पहिचानको संरक्षण गर्ने उदेश्यले सैवले पुम्बा बोलको म्युजिक भिडियो बनाईसकेका छन् । यस्तै देब्रेपट्टी छातीमा जस्ता थुप्रै गीतहरु उनको स्वरमा सजिएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update