गोरु काटेको अभियोगमा तामाकोशी र जिरीका युवक पक्राउ
चरिकोट – दोलखाको तामाकोशी गाउँपालिकामा गोरु काटेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिरी नगरपालिका वडा नम्बर ९ खोल्मेका ३१ वर्षिय पोश बहादुर तामाङ र तामाकोशी गाउँपालिका वडा नम्बर ७ स्थित हावा निवासी ३१ वर्षिय लक्ष्मण नेपाली रहेका छन् ।
नेपालीले आफ्नै घर नजिकैै गोरु काटिरहेको सूचनाका आधारमा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरीका अनुसार दुबै जनालाई गोरु काटीरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो । पक्राउ परेका दुबैजना उपर थप अनुसन्धान कार्य अघि बढाईएको प्रहरी निरीक्षण रुक्शा बज्रचार्यले जानकारी दिईन् ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७ १०:१७
प्रतिक्रिया दिनुहोस्