Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लामो दुरीका यातायात र आन्तरिक उडानमा भदौ मसान्तसम्म रोक

काठमाडौँ — लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचल्ने भएको छ । सरकारले कोरोना संक्रमण फैलिने क्रम जारी रहेको भन्दै लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म संचालन नगर्ने निर्णय गरेको हो ।

अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णयलाई भदौ १५ गतेसम्म स्थगित गरिएको थियो । अन्तर्राष्ट्रिय उडान भने यही भदौ १६ गतेदेखि सर्तसहित सञ्‍चालन गर्ने अनुमति दिइसकेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै विद्यालय र कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।

मन्त्री परिषद बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update