Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गाउँपालिका अध्यक्षले देखेको बृहत्तर शैलुङ पर्यटनको सपना

-भरत दुलाल

व्यवसाय मध्यमा पर्यटन क्षेत्र निकै सम्वेदनशील विधा हो । शान्ति सुरक्षा मेरुदण्ड नै हो । रमाइलो वातावरण अर्को सर्त । आतिथ्यता नभै नहुने अर्को मापदण्ड। कला, संस्कृति, प्रस्तुति, मनोरञ्जन, हसिलोपन, आकर्षण पारिवारिकपन आदि आदि। भनिन्छ पर्यटकहरु कहिल्यै दोशी हुदैनन् रे। पर्यटकहरुलाई धेरै भन्दा धेरै छुट दिन सक्नु व्यवसायीक दक्षता मानिन्छ ।

कथा कुथुङ्गी बुन्न सिपालु हुनु अर्को महत्त्वपूर्ण गुण हो। कपाल नहुने चिण्डेलाई हासि हासि काइयो किन्न लगाउनु पर्यटन व्यवसायीक सक्षमता भित्र गनिन्छ। रमाइ रमाइ प्रवेश गर्ने प्रफुल्ल भएर यथेष्ट खर्च गराउन सक्ने, खर्च भएकोमा प्रसन्न हुने, फेरि पैसा जम्मा गरेर घुम्न आउने वातावरण बनाउन सकियो भने मात्र पर्यटन क्षेत्र दिगो हुने गर्छ ।

कम्तीमा १० वटा घुम्ने मनोरम स्थलहरु, प्रत्येक स्थानका छुट्टाछुट्टै विशेषताहरु, खाना बस्नको राम्रो व्यवस्थापन। एक करिडोर प्याकेज एकस कुशल पथ प्रदर्शक स्मरण अनेक बनाउन सकियो भने पर्यटन क्षेत्र लैनु भैंसी साबित हुनेछ ।

हामीले शैलुङ गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि दीर्घकालीन समृद्धि हासिल गर्ने उदेश्य राखेका छौं। के यो सम्भव छ ?
शैलुङलाई केन्द्रमा राखेर पर्यटन व्यवसायको कल्पना गरिएको छ। शैलुङको वर्णन निकै महत्त्वपूर्ण र अन्तिम स्वर्गीय अनुभूति बनाउने।

  •  पर्यटकको प्रवेश विन्दु मुडे। मुडे बजारलाई पर्यटन सुचना नगरीको रुपमा विकास गर्ने। मुडे हिलस्टेस पहिलो आकर्षण।
  • मुडे देखि मागादेउरालीसम्म पहिलो दृष्यावलोकन। लाम्चेआहाललाई आकर्षक ग्रामीण बस्ती अनुभूति गराउने। कर्णेल फौथसिंहको जीवनीसंग जोडेर कालीभगवतीको दर्शन गराउने।
  • बाघघोर बजार पर्यटन मैत्री बजारको रुपमा विकास गर्ने। शैलुङ गाउँपालिका केन्द्र हुदै किराँतेश्वर महादेव मुर्ति वरिपरिको क्षेत्रलाई पर्यटक आकर्षकको अर्को क्षेत्र बनाउने।
  • जुगेश्वरीरगुराँसेदेवी मन्दिर, नादानखर्क डाँडा, ढुङ्गे बजाररगुम्बा वरिपरिको क्षेत्रलाई व्यवस्थित गरि चौंथो स्टेसन बनाउने।
  • ९५० कालापानीलाई पर्यटकीय नगरी जसरी सिगार्ने। कालापानीमा बुद्धको मुर्ति, गुप्तेश्वर महादेव गुफा, तेक्वान्दोको उच्च उचाइ तालिम गृह, पर्यटकीय गोलघर जस्ता ठाउँहरुलाई पर्यटन क्षेत्रको आकर्षकको रुपमा विकास गर्ने। कालापानीलाई शैलुङ क्षेत्र वरिपरि उत्पादन भएका बस्तुहरुको खपत र बिक्री जोन ९ कोसेली घर०को रुपमा प्रवद्र्धन गर्ने।
  • कालापानी झोर जंगल सफारी मार्गलाई अर्को आकर्षणको रुपमा थप्ने। झोर मनगाउँलाई अर्गानिक उत्पादन क्षेत्रको रुपमा विकास गरेर होमस्टेको हवमा रुपान्तरण गर्ने।
  • चर्नावती धाम लगायतका शैलुङ गाउँपालिकाका अन्य पर्यटकीय स्थलहरु र वरिपरिका पालिकाहरुका आकर्षण स्थलहरुलाई एकीकृत रुपमा एक आपसमा जोडेर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने।
  • शैलुङ टुप्पो वरिपरिका धार्मिक, प्राकृतिक, जैविक सम्पदाहरुको संरक्षण एवम् व्यवस्थापन गरि ध्यान तथा मनोरम स्थलको उच्च विन्दुको अनुभूति दिलाउने।

यी कामहरू दीर्घकालीन विकासका लक्ष्यहरु भएकाले सबैको साझा बुझाई र साझा गन्तव्यको रुपमा राखिनु पर्दछ। यसबाट शैलुङ क्षेत्र वरिपरिका हजारौं मानिसहरुको जीवनमा हरियाली छाउनेछ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update