प्रधानमन्त्रीको कविता : मेरो जून हरायो
-केपी शर्मा ओली
मेरो जून हरायो
आज मेरो आफ्नै आकाशमा
मेरो प्यारो जून हरायो ।
आकाशको बार्दलीमा निस्किएर मुस्कान दिने
सौम्य, शान्त पाराले अंगालो मार्ने
प्यारो मधुर प्रकाश दिने
मेरो प्यारो जून हरायो ।
कोही भन्छन् कृषणपक्ष हो
अब पाला रातको आयो
कोही भन्छन् बादल छायो
सदाका लागि अब कालो छायो ।
कोही भन्छन् ग्रहणले खायो
तर यी सब हुन् क्षणका लागि
हैन, हैन जून फेरी छाउँछ
प्यारो जून फेरी उदाउँछ ।
कृष्णपक्ष भए शुक्ल आउँछ
बादल ग्रहण भए फेरी हट्छ
मेरो आकाश फेरी खुल्छ
प्यारो जून फेरी उदाउँछ ।।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७ १६:१७
प्रतिक्रिया दिनुहोस्