कोटेश्वरमा कार्यरत १९ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखियो
काठमाडौं - कोटेश्वर ट्राफिक प्रहरी प्रभावमा कार्यरत १९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । सुरुमा प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षण गरिएकोमा दुबै जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएका मध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको तथ्यांक छ ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७ १५:४७
प्रतिक्रिया दिनुहोस्