भक्तपुर मध्येपुर थिमि नगरपालिकाकी मृतक बृद्धामा कोरोना संक्रमण पुष्टि
भक्तपुर — मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया मृतक बृद्धा महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ती वृद्धाको बिहीबार दिउँसो नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा मृत्यु भएको थियो ।
लगत्तै पीसीआर परीक्षण गराईएकोमा रिपोर्ट पोजेटिभ आएको अस्प्तालले जनाएको छ । अस्पतालले मृतक महिलाको स्वास्थ्यमा देखिएको कोरोनासँग मिल्दोजुल्दो लक्षणका आधारमा पीसीआर परीक्षण गराएको थियो ।
अस्पताल प्रशासनका अनुसार मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी भएको छ । मृतक महिलाको प्रत्यक्ष सम्पर्कमा आएका चिकित्सकसहित ५ स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७ ०९:१८
प्रतिक्रिया दिनुहोस्