चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाका एक युवक कोरोना जितेर घर फर्किएका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का युवक कोरोना संक्रमणबाट निको भएर मंगलवार घर फर्किएका हुन् ।
कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि काभ्रे स्थित धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारपछि दुई पटक पिसिआर परीक्षण गर्दा उनमा नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्जपछि उनलाई एम्वुलेन्समार्फत घर पुर्याईएको कालिञ्चोक कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष निशान बुढाथोकीले जानकारी दिए । भारतको सिक्किमबाट घर फर्किएका उनलाई गत साउन २९ गते कोरोना पोजिटिभ देखिएको थियो ।
करिब दुई साता अस्पतालको बसाईको क्रममा कोरोनासँगको लडाई जितेर उनी घर फर्किएका हुन्। उनीसहित दोलखाका ६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।