Sajha Boli :: Nepal’s Reliable Digital Newspaper

काठमाडौँ — पार्टी विवाद समाधानका लागि नेकपाले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजानिक भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन सार्वजानिक भएको हो ।

प्रतिवेदनमा पार्टीमा उत्पन्न अन्तरविरोध समाधान, पार्टी एकीकरणका बाँकी काम, पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना, सरकारको काम, नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता, नेपालको सीमा समस्या र समाधान, कोविड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक–सामाजिक पुनरुत्थान र शान्ति प्रकृयाका बाँकी कामहरु लगायतका विषय समेटिएको छन् ।

प्रतिवेदनमाथि अध्यक्षद्वयबीच मंगलबार (भोली) छलफल भएपछि आवश्यकता अनुसार थप घट गरेर सचिवालयमा लैजाने तयारी छ । त्यसपछि प्रतिवेदनलाई परिमार्जनसहित एउटा प्रस्तावका रुपमा स्थायी कमिटीमा लैजाने तयारी गरिएको नेताहरुले बताएका छन् ।
हेर्नुस् प्रतिवेदनको पुर्णपाठ

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update