Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
चितवन पुगेर फर्किएका गैससका कर्मचारीहरुबाट थप ३ सहकर्मीहरुमा पनि कोरोना संक्रमण

सिन्धुपाल्चोक - चितवन तालिममा सहभागि भएर फर्किएका जिल्लाका चार जना कोरोना संक्रमित कर्मचारीहरुबाट संस्थाका अन्य सहकर्मीहरुमा संक्रमण सरेको छ ।

सिडिइसिएफका चार जाना संक्रमितको कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरी पठाईएका मध्ये ३ जनाको पीसीआर रिपोर्टपनि सोमवार पोजेटिभ आएको हो । उनीहरु जिल्लामा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) कै कर्मचारी रहेको चौतारा सांगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिए ।

उनका अनुसार उनीहरुसंगै सस्थाका १० जना कर्मचारी पनि चौतारा स्थित क्वारेन्टाईनमा छन् । यही भदौ १ गते चितवन पुगेर फर्किएका सोही कार्यालयका ४ जनाको कोरोना पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएका थप तीन जनामा कोरोना पुष्टि भएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको पुरीले बताए । यसअघि कोरोना पुष्टी भएका ४ जना कर्मचारीहरुको मेलम्ची र चौतारामा रहेको आईसुलेसनमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update