काँडाघारीका सैलुन चलाउने व्यक्तिमा पनि कोरोना भेटियो
काठमाण्डौं - काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी स्थित सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएसँगै उक्त क्षेत्र सिल गरिएको छ ।
नगरपालिकाले सैलुनमा दाह्रीरकपाल काटेकाहरूको पहिचान र खोजी कार्य जारी गरिरहेको छ । संकलन भैसकेका स्वाब स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।
काँडाघारी क्षेत्रमा नगरपालिकाकै धना बस्ती भएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन कडाइ सुरू गरिएको नगरपालिकाले जनाएको छ । दर खाएको स्थानबाट कोरोना फैलिएको आशंका गरिएको छ ।
अहिलेसम्म नगरभित्र ७१ जनामा कोरोना पुष्टि भइसकेकोले गोठाटारदेखि काँडाघारी क्षेत्रमा थप कडाइ गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७ १८:४२
प्रतिक्रिया दिनुहोस्