काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवाद अन्त्यका लागि गठित कार्यदलले प्रतिवेदनको मस्यौदा बुझाएको छ । ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शनिवार आफ्नो प्रतिवेदन बुझाएको हो ।
अध्यक्षद्धय ओली र प्रचण्ड तथा नेता नेपाल पक्षबीच विवाद बढेपछि समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।
प्रतिवेदनबारे बैठकमा छलफल हुनुअघि अध्यक्षद्वयबीच छलफल हुने बताईएको छ । त्यसपछि सचिवालय बैठक हुँदै स्थायी समितिबाट अनुमोदन गर्ने तयारी छ । कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।