Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कोरोना जोखिम बढ्दै, ६ जना संक्रमित थपिए

चरिकोट – दोलखाको भिमेश्वर नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गत भदौ २ गते नगरपालिकाबाट पठाईएका ६२ मध्ये ६ जाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार कोरोना संक्रमण देखिएकामध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।

जसमा ३ जना सदरमुकाम चरिकोट स्थित एक एनजिओका कर्मचारी हुन् । यसैगरी एक जना स्वास्थ्यकर्मी र दुई जना सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ । एनजिओका कर्मचारीहरु तालिमका लागि दुई साता अघि संक्रमित जिल्ला चितवन पुगेर फर्किएका थिए । सोही तालिममा सहभागि सिन्धुपाल्चोकका चार जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

शुुक्रवार मात्रै गौरीशंकर गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै दोलखामा सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update