Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि गौरीशंकर गाउँपालिका पुरै सिल

गौरीशंकर – समुदाय स्तरमै कोरोना भाईरस संक्रमण फैलिन थालेपछि दोलखाको गौरीशंकर गाउँपालिका पुरै सिल गरिएको छ । गाउँपालिकाले ८ वटै वडाहरु सिल गर्दै गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

लगातार कोरोना संक्रमितहरु भेटिन थालेपछि संक्रमण फैलिन नदिन र पुर्ण रोकथाम गर्न सबै वडा र बस्ती सम्मै सिल गरेर आवतजावत पूर्ण रुपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष स्वयं बहादुर खड्काले जानकारी दिए । गौरीशंकर गाउँपालिकामा मात्रै ११ जना संक्रमित छन् ।

अध्यक्ष खड्काका अनुसार पालिका र वडाका अरु सेवा बन्द गरेर सबै शक्ती र सामथ्र्य संक्रमण नियन्त्रणमा लगाउने निर्णय भएको छ । वडा नम्बर ४ का अध्यक्ष प्रल्हाद कार्कीले पनि गाउँपालिकाको निर्णय अनुसार एक हप्ताको लागि वडा सिल गरिएकाले आवातजावत पुर्ण रुपमा बन्द गरिएको बताए ।
संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा पुगेकाहरुको पहिचान र स्वाब संकलन तत्काल सुरु गर्ने गाउँपालिकाको तयारी छ । अघिल्लो पटक फेला परेका ७ जना संक्रमितहरु गाउँमै क्वारेन्टिन छन् भने शुुक्रबार भेटिएका तिन जना संक्रमितलाई सदरमुकाम पठाउनेबारे छलफल भैरहेको छ । लक्षण देखिएका १ जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको छ ।

गौरीशंकर गाउँपालिकाबाट १ सय ७६ जनाको स्वाब पठाईएकोमा शुक्रबार १ सय ४१ जनाको परिक्षण रिपोर्ट आएको थियो । जसमा एक जना १३ बर्षिया, एकजना सुत्केरी महिला, एकजना शिक्षक र एक जना युवक छन् । यसैबीच संक्रमित व्यक्तिको ट्राभल हिष्ट्री पाईएपछि जिल्लाको उत्तरी सिंगटी बजारपनि सिल गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update