Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा लकडाउन १० गतेसम्म थपियो, पीसीआर परीक्षणको दायरा बढाईदै

चरिकोट - कोरोनाको जोखिम बढेसँगै दोलखा जिल्लामा जारी लकडाउन आगामी भदौ १० गतेसम्म लम्ब्याउने निर्णय भएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाको जोखिम नियन्त्रणलाई मध्येनजर गरेर यो निर्णय गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए ।

जिल्लाका ९ वटै स्थानीय तहमा नमूनाको रुपमा कम्तिमा १० जना पहिलो पंक्तिमा रही काम गर्ने एम्वुेन्स चालक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पालिका कर्मचारी लगायतको पीसीआर परीक्षणको दायरा व्यापक पारिएको प्रजिअ शर्माले बताए ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा व्यवस्थित आईसोलेसन कक्ष तयार गर्न सम्भव नभएको निष्कर्ष निकाल्दै सदरमुकाममा केन्द्रित गर्ने निर्णय पनि गरेको छ ।

भिमेश्वर नगरपालिका स्थित तत्कालिन महिला तथा वालवालिका कार्यालय र नयाँ बन्दै गरेको भवनबाट हाललाई पहिलो चरणमा कम्तिमा २० २० जना गरी ४० जनालाई आईसोलेशन कक्ष तयार गरी जिल्लाभरका विरामीलाई राख्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । उक्त आईसोलेसन कक्षपनि पर्याप्त नभएमा च्छोरोल्पा अस्पतालको नर्र्सिग क्याम्पसलाई प्रयोगमा ल्याईनेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update