Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईई दिएका हज्जारौं विद्यार्थी कक्षा ११ पढ्नबाट बञ्चित हुने

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) मा औसत ग्रेड नल्याएका विद्यार्थीहरुले कक्षा ११ पढ्न नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार ४ लाख ७२ हजार ७२ विद्यार्थीको नतिजा सार्वजानिक गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तर्गत राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले एसईईमा अंग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय गरेपछि यस्तो अवस्था आएको हो ।

परिषद्ले एसईईमा तीन विषयमा ‘डी प्लस’ सँगै जीपीए पनि १.६ ल्याउनैपर्ने निर्णय गरेको थियो । नतिजा अनुसार उक्त मापदण्ड पुरा नगर्ने विद्यार्थीको संख्या करिब २६ हजार छ ।

२०७२ सालमा ग्रेडिङ प्रणाली सुरु भएपछि हाल कुनै पनि विद्यार्थीको लब्धांकपत्रमा ‘अनुत्तीर्ण’ उल्लेख नगर्ने व्यवस्था छ । तर परिषद्ले न्यूनतम मापदण्ड तोकेपछि कम जीपीए पाउने विद्यार्थी कक्षा ११ पढ्न नपाउने अवस्था आएपछि सरोकारवालाहरुले आलोचना गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update