Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाकी ३० वर्षिय युवतीसहित दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाण्डौँ - ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक दोलखालीसहित दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । दोलखा जिल्ला घर भएकी एक महिला र सर्लाही जिल्लाका एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुने ३० वर्षिया महिला दोलखा तामाकोसी गाउँपालिकाकी रहेको जनाईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार उनी गत भदौ २ गतेदेखि अस्पतालमा उपचाररत थिईन् । 

अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार ती महिलामा कोभिड १९ बाहेक पाठेघरवरपर गम्भीर संक्रमणको समस्या पनि थियो ।  त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update