Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
राष्ट्रकवि घिमिरेको १ सय १ वर्षको उमेरमा निधन

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले, (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाट)०, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति लोकप्रिय छन् ।

२०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका घिमिरेको विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्म भएको थियो ।

राष्ट्रिय गीत गाउँछ गीत नेपालीका साथै तारादेवीले गाएको मनको बाँधु चलचित्रको फूलको थुङ्गा बगेर गयो तथा नारायण गोपालले गाएको आजै र राति के देखेँ सपना जस्ता कायजयी गीहरुपनि उनले रचना गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update