काभ्रेमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु
काभ्रे — कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा ९८ वर्षीय वृद्धको मृत्यु भएको छ । ती बृद्धमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । धुलिखेल ७ का उनको धुलिखेल अस्पतालमा उपचार भैरहेको थियो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले मृतकमा कोरोना संक्रमण पुष्टी भएकाले कार्यविधिअनुसार शवको अन्त्यष्टी गरिने बताए ।
पशुपतिस्थित विद्युतीय शवदाह गृहमा उनको अन्त्येष्टि गर्ने तयारी छ । यसअघि साउन २६ गते पाँचखाल १ की ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ । काभे्रमा ८० जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७ ०९:०४
प्रतिक्रिया दिनुहोस्