Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा कोरोना संक्रमित बढ्दै, गौरीशंकरमा ५ जना संक्रमित थपिए

चरिकोट – दोलखाको गौरीशङ्कर गाउँपालिकाका थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक कोरोना पोजेटिभ देखिएका दुई जना व्यक्तिको सम्पर्कमा पुगेका ५ जनामा संक्रमण पुष्टी भएको हो ।

बुधवार एक जना स्वास्थ्यकर्मी र तेस्रो मुलुकबाट आएका पुरुषमा संक्रमण देखिएपछि उनीहरुको ८३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धुलिखेल अस्पताल पठाईएको थियो ।

जसमध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए । जसमध्ये ४ जना पुरुष र एक जना महिला रहेका छन् ।

गौरीशंकर गाउँपालिकामा एम्वुलेन्स चालक, गौरीशंकर गाउँपालिकाका ३ जना कर्मचारी, बैंकका कर्मचारी १ जना र एक जना सर्वसाधरणलाई कोरोना पुष्टी भएको हो । योसँगै दोलखाबाट नमुना पठाईएका मध्ये कोरोना पोजेटिभ रिपोर्ट आउने संख्या  ११ पुगेको छ ।

जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update