काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा पहाडी भु–भागमा हुने घट्नाको दिर्घकालिन समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार सिन्धुपाल्चोक, कालिकोट र मकवानपुर जिल्लामा बाढी पहिरोले पुर्याएको मानविय क्षतिप्रति समबेदना प्रकट गर्दै अध्यक्ष प्रचण्डले यस्तो आवश्यकता औल्याएका हुन् ।
वर्षायाममा पहाडी भेगमा हुने गरेका घट्नाहरुको न्यूनीकरणका लागि दीर्घकानि समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सबैमा अपील गर्दछु, अध्यक्षद्धारा जारी समबेदनामा उल्लेख छ ।
साथै अध्यक्ष प्रचण्डले बाढीपहिरोमा परी बेपत्ताहरुको खोजी र उद्धार कार्यमा जुट्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । उनले घट्नामा परी घाईते भएकाहरुको स्वास्थ्य लाभ, मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समबेदना व्यक्त गरेका छन् ।