Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकको लिदी यसरी बन्यो खण्डहर,  ३८ जना बेपत्ता, सभामुख पुगे घट्नास्थल

सिन्धुपाल्चोक — सभामुख अग्नी सापकोटाले जिल्लाको जुगल गाउँपालिका–२ लिदी गएको पहिरोले पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । शुक्रवार विहान आएको पहिरोले ठुलो जनधनको क्षति भएपछि सभामुख सापकोटासहितको टोली घट्नास्थल पुगेका हो ।

शुक्रवार बिहान साढे ६ बजेको समयमा माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको छ । हेलिकोप्टर मार्फत घट्नास्थल पुगेका सापकोटाले पीडितहरुको उद्धार र राहात प्रभावकारी ढंगले गर्न निर्देशन दिएका छन् । पीडितहरुका लागि आफ्नोतर्फबाट हुने पहलमा कुनै कसर बाँकी नराख्ने पनि उनले बताए ।

पहिरोमा ३८ जना बेपत्ता भएका छन् । केही घाईतेको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले एक दर्जन घरमा पूर्ण क्षति पुगेको र उद्धार कार्य भैरहेको जानकारी दिए । जुगल गाउँपालिकाले पुरिएका मध्ये पाँच घरका स्थानीय सम्पर्कविहीन रहेको जनाएको छ ।

अनुसार तीन घरमा १३ जना सदस्य थिए । गत असार २६ गते गएको पहिरोले जुगल–२ सानुमाम्फा र लिदीको बस्ती उच्च जोखिममा परेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update