Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कालिञ्चोकका कोरोना संक्रमितको ट्राभल हिष्ट्री : एउटै बसमा ४ गाउँपालिकाका ४४ जनाको यात्रा

चरिकोट - दोलखाको कालिञ्चोक गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिसँगै सिक्किमबाट ३ दर्जन बढि मानिसहरु आएको पाईएको छ । कालिञ्चोक गाउँपालिकाका ३ जना सहित विगु गाउँपालिका, गौरीशंकर गाउँपालिका र बैतेश्वर गाउँपालिकाका ४४ जना स्थानीय एउटै रिजर्भ बसमा आएका हुन् ।

उनीहरु सदरमुकाम चरिकोटसम्म बसमा आएको र त्यसपछि बोलेरो रिजर्भ गरी सम्बन्धित गाउँपालिकाले होम क्वारेन्टाईनमा पठाएको थियो । तीमध्ये कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का पुरुषमा बिहिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिका अध्यक्ष विन कुमार थामीका अनुसार उनलाई होम क्वारेन्टाईनमा बस्ने ब्यवस्था मिलाईएको थियो । उनीसँगै आएका कालिञ्चोक गाउँपालिकाका दुई जनालाई वडा नम्बर ६ स्थित क्वारेन्टाईनमा राखिएको छ ।

कोरोना संक्रमित युवकलाई उपचारका लागि धुलिखेल अस्पताल पठाउने तयारी भैरहेको कालिञ्चोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शुसिल श्रेष्ठले बताए ।

संक्रमित व्यक्तिसँगै आएका अन्य नागरिक आफ्नो गाउँपालिका स्थित होम क्वारेन्टाईनमा गएर बसेको बताईएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले संक्रमित व्यक्तिको कन्ट्याक्ट टे«सिङ र ट्राभल हिष्ट्रीको काम सुरु गरिएपनि बिस्तृत विवरण आउन समय लाग्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update