Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
हाईड्रोपावरमा गम्भिर घाईते मजदुरको हेलिकोप्टर मार्फत उद्धार

चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिका स्थित हाईड्रोपावरमा कार्यरत एक मजदुर ढुंगा लागेर गम्भिर घाईते भएका छन् । वडा नम्बर ७ मार्बु स्थित सासा हाईडोपावरको टनेलभित्र व्लाष्टिङको काम गर्ने २६ वर्षिय चन्द्र बहादुर तामाङ घाईते भएका हुन् ।

ब्लाष्टिङको काम गर्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर उको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

उनको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि एयर डायनेष्टिको हेलिकोप्टर मार्फत काठमाण्डौं रिफर गरिएको दोलखाका प्रहरी प्रबक्ता, प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । उनको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update