चरिकोट - दोलखाको गौरीशंकर गाउपालिकामा दुई जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गाउँपालिकाबाट ७ जनाको स्वाब संकलन गरि पठाएकोमा दुई जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
जसमा एक जना स्वास्थ्यकर्मी छन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु कुमार झाका अनुसार एक जना बिदेशबाट आएकाा पुरुष र एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरुको स्वाब यही साउन २५ गते पिसिआर परिक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो ।
दुबईबाट आएका पुरुष क्वारेन्टाइनमा बसेका थिए । सङ्क्रमित ब्यक्तिहरुको सम्पर्कमा पुगेकाहरुको कन्ट्याक्ट ट्रेेसिङ्को काम तत्काल सुरु गरिने झाले बताए । यश अघि दोलखाबाट नमुना सङ्कलन गरि पठाइएका मध्ये ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आइसकेको छ ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछि प्राथमिक स्वास्थ्य केन्द्र सुरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।