दोलखा—धुलिखेल अस्पताल अन्तर्गत दोलखा वजारस्थित दोलखा अस्पतालले सम्पूर्ण उपचार सेवा सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयको गुणस्तरीय स्वास्थ्य सेवा जनताको घर दैलोमा भन्ने नाराका साथ धुलिखेल अस्पतालद्धारा दोलखा बजारमा ५५ शैया क्षेमताको दोलखा अस्पताल सञ्चालन सुरु गरेको हो ।
हाल सुरक्षित सुत्केरीका लागि शल्यकृयासहित ओ.पि.डि सेवा, २४ सैं घण्टा आपतकालिन सेवा, एक्स–रे सेवा, प्रयोगशाला, ई.सि.जि.सेवा सञ्चालन थालिएको काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य तथा सामुदायिक विभाग अन्तर्गत स्कुल अफ मेडिकल साइन्सका सह-प्रध्यापक रोशनकुमार महतोले जानकारी दिए । उनका अनुसार केहीदिनभित्रै आइसियु सेवा सञ्चालन गर्ने तयारी छ ।
अस्पतालमा कोभिड–१९ काकारण बिरामी परेकालाई आईसोलेशन वार्डको ब्यवस्थासहित स्वावलाई धुलिखेल अस्पतालमामा पठाउने व्यवस्था छ । अस्पतालमा विशेषज्ञसहितको टोली २४ सै घण्टा रहने व्यवस्था गरिएको सहप्रध्यापक महतोले जानकारी दिए ।
यो अस्पताल सदरमुकाम चरिकोट बजारबाट ४ किलोमिटर दोलखा बजारमा पर्छ । उक्त अस्पताल यसअघि कोरियन अस्पतालको रुपमा परिचित थियो ।