चरिकोट - दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ झुलेका मृगौला पीडितका लागि आर्थिक सहयोग जुटेको छ । मृगौला पीडित तामाकोसी गाउँपाकिा २ झुले, निवासी ४९ वर्षिय केदार कार्की र २६ वर्षिया संगिता कार्कीका लागि आर्थिक सहयोग जुटेको हो ।
हाल अमेरिका रहेका बालकृष्ण कार्कीको पहलमा संकलन गरिएको ३ लाख २१ हजार १ सय २६ रुपैयाँ सहयोग पीडितलाई हस्तान्तरण गरिएको छ । जसमध्ये मृगौला पीडित केदार कार्कीलाई १ लाख ७१ हजार १ सय २६ र संगितालाई १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको सहयोग जुटाउन पहल गर्ने स्थानीय वावुकाजी कार्कीले जानकारी दिए ।
सहयोग रकम स्थानीय रत्नकुमारी कार्कीको हातबाट पिडितलाई हस्तान्तरण गरियो । हाल अमेरिकामा रहेका ६३ जनाबाट उक्त सहयोग जुटाईएको हो । दुवै मृगौला पीडीत उनीहरुले आर्थिक समस्याका कारण उपचारमा समस्या झेल्दै आएका छन् ।