Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रका लागि तत्काल ७५ लाख निकासा दिने निर्णय

हेटौंडा - वाग्मती प्रदेशले दोलखाको बाढी पहिरो प्रभावित क्षेत्रका लागि ७५ लाख रुपैयाँ तत्काल निकासा दिने भएको छ । बागमती प्रदेश विपत व्यवस्थापन निर्देशक समितिको सोमवार विहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

वाग्मती प्रदेशका सांसद विशाल खड्काका अनुसार बाढीपहिरोबाट बढि प्रभावित गौरीशंकर गाउँपालिकाको लागि ३० लाख रुपैयाँ, विगु गाउँपालिकको लागि १५ लाख रुपैयाँ र कालिञ्चोक गाउँपालिकाको लागि ३० लाख रुपैयाँ निकासा दिने निनर्णय भएको छ । उनका अनुसार उक्त रकम सम्बन्धित गाउँपालिकाको खातामा तुरुन्त निकाशा हुनेछ ।

सांसद खड्काले प्रदेश सरकारको यस निर्णयले बाढी पीडित दोलखालीमा थोरै भए पनि राहतको महशुस हुने बताए । दोलखामा बाढीपहिरोबाट विशेषगरी गौरीशंकर गाउँपालि, कालिञ्चोक र विगु गाउँपालिका बढि प्रभावित छन् ।

गौरीशंकर गाउँपालिकामा हालै गएको पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । तीन वटा गाउँपालिकामा ठुलो धनमालको क्षति हुनुका साथै दर्जनौं परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update