Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपाल थामी समाज रामेछापमा नयाँ नेतृत्व

दोरोम्बा - नेपाल थामी समाज रामेछापको तेस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाको दोरम्बामा शनिवार सम्पन्न भएको अधिवेशनले भक्त बहादुर थामीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष थामी दोरोम्वा गाउँकार्यपालिकाका निर्वाचित सदस्य पनि हुन् । नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बल बहादुर थामी र सचिवमा मान बहादुर थामी, सहसचिव कुसुम थामी र कोषाध्यक्षमा सविना थामी चयन भएका छन् ।

यसैगरी अधिवेशनले कार्यसमितिको सदस्यहरुमा कार्की थामी, सावित्री थामी, सोममाया थामी, राजकुमार थामी, आइमन थामी, रुपेश थामी, शर्मिला थामी, रिमे थामी र दमाई थामीलाई चयन गरेको छ । अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update