चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिका -८ खारे स्थित टुरिनटारमा पहिरोमा पुरिएर मृत्यु भएका १ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीका २८ वर्षिय सुरेश शिवाकोटी रहेका छन् ।
सिंगटी बजार स्थित गौरीशंकर ग्रील उद्योगमा कार्यरत उनी कामको शिलशिलामा त्यहाँ पुगेका थिए । भारी वर्षापछि पहिरोमा पुरिएर बेपत्ता उनको शव आज विहान फेला पारिएको प्रहरीले जनाएको छ ।
ग्रिलको काम गर्न गएका शिवाकोटी बिहिवार काम नसकिएपछि त्यही बसेका थिए । अन्यले भागेर ज्यान जोगाएपनि उनको घट्नास्थलमै मृत्यु भएको हो ।
उनीसँगै काम गर्न गएका जाजरकोट जिल्ला ठेडागाड नगरपालिका ९ स्थायी घर भएका लोकेन्द्र महतो चौधरी घाईते भएका छन् । चौधरीलाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याईएको छ । मृतक शिवाकोटीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।