चरिकोट – दोलखाको बैत्यश्वर गाउँपालिका घर भएकी एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैत्यश्वर गाउँपालिकाकी २४ वर्षिया महिला प्रहरीमा कोरोना पुष्टि भएको हो ।
काभ्रेपलाञ्चोक स्थित कार्यक्षेत्रमा खटिएकी उनको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो । बुधवार उनको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि अस्पताल पठाईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले दोलखा बैतेश्वर घर भएकी युवतीमा कोरोना संक्रमण पुष्टी भएको तर जिल्लामा उनको ट्राभल हिष्ट्रि नदेखिएको स्पष्ट पारे ।
यसअघि संक्रमित युवतीको श्रीमानमा पनि कोरोना संक्रमण भएको भन्ने आधिकारिक स्रोतले दिएको सूचनाका आधारमा समाचार तयार गरिएकोमा उक्त व्यहोरा गलत देखिन आएकाले सच्याईएको छ । -सम्पादक