-“सत्ता प्राप्त गर्नुभन्दा टिकाउन कयौं गुणा कठिन हुन्छ”—लेनिन
रुसी अक्टोबर क्रान्तिका नायक लेनिन सायद आफ्नो जिवनकालको अनुभव र त्यतिबेलाको विश्व परिस्थितिको मुल्यांकनका आधारमा उपरोक्त निष्कर्षमा पुगेका थिए । तत्कालिन सोभियत संघको स्थापनापछि आन्तरिक र बाह्य रुपमा झेल्नुपरेको चुनौती र कठिन परिस्थितिका कारण उनले सत्ता प्राप्ति भन्दा त्यसको सही प्रयोग र रक्षा बढी कठिन भएको अनुभव गरेको हुनुपर्छ । लेनिनले भनेजस्तै विश्वका धेरै ठुला भनिएका क्रान्तिहरु छोटै अबधिमा प्रतिक्रान्तिमा परिणत भए ।
संसारमा पहिलो पटक सन १८७१ मा फ्रान्सको राजधानी पेरिसमा कस्युनिस्ट पार्टीको नेतृत्वमा स्थापना भएको राज्यव्यवस्था र सरकार (पेरिस कम्युन) केवल ७२ दिन मात्र टिक्न सक्यो । त्यसपछि सन् १९१७ मा रूसमा कम्युनिस्ट पार्टीकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भयो । तर सन् १९९१ डिसेम्वर २६ का दिनमा सोभियत संघको विघटन भयो ।
त्यसभन्दा अगाडि पूर्वी युरोपका समाजवादी भनिएका देशहरूमा एकपछि अर्को गर्दै पुँजीवादी शासन व्यवस्था पुनःस्थापना भैसकेका थिए । चीनमा पनि माओको निधनसँगै समाजवादी सत्ता प्रतिक्रान्तिमा बदलियो । यसरी कम्युनिस्ट पार्टीको नेतृत्वमा सफल भएका अभुतपुर्व क्रान्ति र त्यसपछि स्थापना भएका समाजवादी भनिएको व्यवस्था टिक्न नसक्नुमा आन्तरिक कारण नै प्रधान थिए ।
नेपालमा खासगरी दश वर्षे सशस्त्र जनयुद्ध र २०६२/६३ को ऐतिहाँसिक जनआन्दोलनपछि मुलुतः राजनीतिक क्रान्तिको डिस्कोर्स पुरा भएको थियो । एकात्मक राजतन्त्रको अन्त्य, संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना, नयाँ संविधान निर्माण, राज्यको पुर्नसंरचना, तीन तहको सरकार गठन राजनीतिक क्रान्तिकै परिणाम हुन् ।
संयोग मान्नुपर्छ पेरिस, रसिया, चीन लगायतका मुलुकहरुमा जस्तै नेपालमा पनि क्रान्तिकारी परिवर्तनको नेतृत्व कम्युनिष्ट पार्टीले गरे । निर्वाचनमार्फत आफ्ना राजनीतिक एजेण्डाहरु जनअनुमोदन गराए र तीन तहकै सरकारमा बर्चस्व हाँसिल गरे । यद्यपी सत्ता प्राप्तिपछिको हालसम्मको अभ्यास हेर्दा भने क्षितिजमा प्रतिक्रान्तिको दृष्टिगोचर हुन थालेको छ ।
राष्ट्रपतिदेखि स्थानीय स्तरका नेताहरुमा समेत ऐस आराम, मोजमस्ती र भोगविलासको मोह व्यापक बन्दै गएको छ । क्रान्तिकारी बिचार र दर्शनसँग परस्पर बिरोधी प्रबृत्ति हाबी हुँदै जानु, पार्टीमा विधि पद्धती, प्रणाली संस्थागत हुन नसक्नु, अस्वस्थ अन्तरसंघर्षले उग्र रुप लिँदै जानु जस्ता घट्नाक्रमले प्रतिक्रान्तिकै स्पष्ट संकेत गरिरहेको छ । |
अन्तराष्ट्रिय अनुभवजस्तै नेपालमा पनि स्वयं कम्युनिष्ट पार्टीभित्रैबाट प्रतिक्रान्तिको सुरुवात हुने छनक देखिन थालेको छ । सरकारको अलोकप्रियता, नेकपाका अधिकांस नेता कार्यकर्ताहरुको फेरिएको कार्यशैली, जिवनशैली, जिवन व्यवहार र संस्कृति, पार्टीभित्रको चरम अस्वस्थ शक्तिसंघर्ष, बढ्दो वेथिति र त्यसबाट पैदा भएको निराशावादी मनोविज्ञान र असन्तुष्टि प्रतिक्रान्तिको कारक बन्ने परिस्थिति बन्दैछ ।
नेता कार्यकर्ताहरुमा कम्युनिष्ट सिद्धान्त र बिचारधारात्मक विचलन तीब्र भएर गएको छ । आधारभूत सर्बहारावर्गीय सैद्धान्तिक आदर्श र मुल्यमान्यताहरु परित्याग गरिँदैछन् । हिजो राजनीतिक क्रान्तिका बेला बिरोध गरिएको वुर्जुवा, सामन्तवाद, दलाल पुर्जीवादमा उनीहरुकै पतन हुन थालेको छ ।
आर्थिक दृष्टिबाट सामन्ती भूस्वामित्वको अन्त्य, दलाल पुँजीको राष्ट्रियकरण, एकाधिकार पुँजीको प्रवेशमा रोक, दलाल नोकरशाही पुँजीमाथि नियन्त्रण, आमनागरिकलाई गाँस, बास, शिक्षा, स्वास्थ्य, सूचनासञ्चार, रोजगारीको अधिकार सुनिश्चित हुने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, राष्ट्रिय पुँजीको विकास, औद्योगिक पुँजीको विकास, उत्पादनमूलक अर्थसम्बन्धको विकास गर्नेतर्फ व्यवहारिक रुपमा ठोस कदम चालिनुपर्ने हो । तर केन्द्र, प्रदेश र स्थानीय सरकारहरु त्यसको ठिक उल्टो यात्रामा छन् ।
अर्थतन्त्र दलाल पुँजीपति वर्गकै कब्जामा छ । नेपाललाई अर्थउत्पादनका क्षेत्रबाट विस्थापन गरेर केवल उपभोग्य बजारका रूपमा मात्र प्रयोग गर्ने अवस्था विद्यमान छ । मजदुर–किसानको आर्थिक जीवन चौपट छ । नागरिकहरूको जीवन कष्टकर बन्दै गएको छ । विदेशी ऋण बढेको बढ्यै छ । महामरीले स्वदेश फर्किएको श्रमशक्तिलाई स्वरोजगार बनाएर टिकाउने योजना छैन ।
सांस्कृतिक रूपले समाजवादी दृष्टिकोण, चेत, जीवनशैली र संस्कार अबलम्वन गर्नुको सट्टा सामन्ती तथा दलाल पुँजीवादी व्यवहार सिको गर्न थालिएको छ । यसले पुँजीवादी शोषण, विभेद, उत्पीडन, जालझेल, ठगी, छाडा, अराजकता, अश्लीलता, अन्धविश्वासलाई प्रश्रय दिएको छ । श्रम, श्रमिक वर्ग, समानता, स्वतन्त्रता, स्वाधीनता, अनुशासन, इमानदारी, जनसंस्कृतिलाई बिस्थापित गरिरहेको छ । कम्युनिष्ट पार्टीको एउटा हिस्साको धन्दा नै भ्रष्टाचार, तस्करी, लुटपाट, जमिनदारहरूको जमिन बेचेर खाने कमिसनखोरी हुन पुगेको छ । देशका नदीनाला, जग्गाजमिन, बनजङ्गल, ठेक्कापट्टा, सङ्घसंस्था, देशविदेश केही बाँकी राखिएका छैनन् । देशैभरि विकृति, अश्लीलता, अराजकता, छाडापन व्याप्त भएर गएको छ ।
राष्ट्रपतिदेखि स्थानीय स्तरका नेताहरुमा समेत ऐस आराम, मोजमस्ती र भोगविलासको मोह व्यापक बन्दै गएको छ । क्रान्तिकारी बिचार र दर्शनसँग परस्पर बिरोधी प्रबृत्ति हाबी हुँदै जानु, पार्टीमा विधि पद्धती, प्रणाली संस्थागत हुन नसक्नु, अस्वस्थ अन्तरसंघर्षले उग्र रुप लिँदै जानु जस्ता घट्नाक्रमले प्रतिक्रान्तिकै स्पष्ट संकेत गरिरहेको छ ।
अन्तरराष्ट्रिय अनुभव हेर्दा सारतः माक्र्सवादी लेनिनवादी सिद्धान्तको तिलाञ्जली, सिद्धान्त र व्यवहारबीचको बेमेल, मौलाउँदो भ्रष्टाचार, नेताहरूको वर्गउत्थान हुनुजस्ता कारणहरूले धेरै देशका कम्युनिस्ट पार्टीहरू नववुर्जुवा पार्टीमा पतन भए । कम्युनिष्ट पार्टी नाममात्रको हुँदा जनतामा उक्त पार्टीप्रति मोहभंग हुने परिस्थिति निर्माण भएका कयौं उदाहरणहरु छन् । वैकल्पिक क्रान्तिकारी कम्युनिस्ट पार्टीको अभावमा त्यसको फाईदा पुरातन यथास्थितिवादी शक्तिले लिए । नेपालमा पनि त्यही परिघट्ना पुनरावृत्ति हुने परिस्थिति बन्दैछ । त्यसको फाईदा यथास्थितिवादी शक्तिहरुले लिने स्थिति छ । नेकपाप्रति जनतामा मोहभंग हुँदा जनमतको प्रतिनिधित्व गर्ने वैकल्पिक क्रान्तिकारी शक्ति जन्मिने बस्तुगत धरातल तयार भैसकेको छैन । त्यसकारण सत्ताधारी कम्युनिस्ट पार्टी भित्रका इमान्दार कम्युनिस्टहरूले नेकपा र सरकारलाई जनपक्षीय बाटोमा हिँडाउन सक्नुपर्दछ । |
नैतिक र बैचारिक मुल्यलाई स्वार्थसँग सौदाबाजी गर्ने प्रबृत्तिले सिंगो आन्दोलन प्रदुषित र बदनाम गरिरहेको छ । निर्वाचित जनप्रतिनिधि र जिम्मेवार नेता कार्यकर्ताहरु जनताको दैन्दिनका समस्या सम्वोधन गर्नतर्फ गम्भिर छैनन् । आफ्ना भजनमण्डली तथा मुठ्ठिभर आसेपासेका सुख सुविधामा केन्द्रित छन् । यसरी पबित्र कम्युनिष्ट बिचार, दर्शन र राजनीतिको भ्रष्टिकरण गर्ने शैलीले जनतामा असन्तोषको पारो तिब्र गतिमा बढिरहेको छ । जनअपेक्षा अनुसार विकास निर्माण र जनजिविकाका मुद्धा सम्वोधन नहुनु अर्को ठुलो असन्तोषको कारक बनेको छ ।
अन्तरराष्ट्रिय अनुभव हेर्दा सारतः माक्र्सवादी लेनिनवादी सिद्धान्तको तिलाञ्जली, सिद्धान्त र व्यवहारबीचको बेमेल, मौलाउँदो भ्रष्टाचार, नेताहरूको वर्गउत्थान हुनुजस्ता कारणहरूले धेरै देशका कम्युनिस्ट पार्टीहरू नववुर्जुवा पार्टीमा पतन भए । कम्युनिष्ट पार्टी नाममात्रको हुँदा जनतामा उक्त पार्टीप्रति मोहभंग हुने परिस्थिति निर्माण भएका कयौं उदाहरणहरु छन् । वैकल्पिक क्रान्तिकारी कम्युनिस्ट पार्टीको अभावमा त्यसको फाईदा पुरातन यथास्थितिवादी शक्तिले लिए ।
नेपालमा पनि त्यही परिघट्ना पुनरावृत्ति हुने परिस्थिति बन्दैछ । त्यसको फाईदा यथास्थितिवादी शक्तिहरुले लिने स्थिति छ । नेकपाप्रति जनतामा मोहभंग हँुदा जनमतको प्रतिनिधित्व गर्ने वैकल्पिक क्रान्तिकारी शक्ति जन्मिने बस्तुगत धरातल तयार भैसकेको छैन ।
त्यसकारण सत्ताधारी कम्युनिस्ट पार्टी भित्रका इमान्दार कम्युनिस्टहरूले नेकपा र सरकारलाई जनपक्षीय बाटोमा हिँडाउन सक्नुपर्दछ । यी दुवै नभएमा आगामी निर्वाचनमा नेपालमा पनि सोभियत संघ, पूर्वी युरोप लगायत देशमाझै कम्युनिस्ट पार्टी लामो समयसम्म उठ्नै नसक्ने गरी ढल्ने र प्रतिक्रान्तिको सम्भावना प्रबल हुँदैछ ।
-लेखक संचारकर्मी हुन् ।
योपनि : पत्रकार शुद्धिकरणको सवाल र अतिरञ्जित प्रोपोगाण्डा