काठमाडौँ — पछिल्लो २४ घन्टामा दोलखासहितका जिल्लामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएपनि उनको बिस्तृत बिवरण खुलिसकेको छैन ।
शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा दोलखा जिल्ला घर भएका व्यक्तिमा संक्रमण पुष्टी भएको हो । दोलखा जिल्ला घर भई विदेशबाट फर्किएर काठमाण्डौं स्थित क्वारेन्टाईनमा बसेका व्यक्तिमा संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जिल्लाबाट पठाईएको स्वाबको रिपोर्टमा संक्रमण नदेखिएकाले काठमाण्डौंमै रहेकामा कोरोना संक्रमण हुनसक्ने बताए । झाका अनुसार उनको बिस्तृत बिवरण बुझने प्रयास भैरहेको छ ।
यसअघि पनि बिदेशबाट घर फर्किएर काठमाण्डौं स्थित क्वारेन्टाईनमा बसेकाहरुमा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकसँगै संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा २२७ जना डिस्चार्ज भएको जानकारी दिए । हालसम्म निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ । २४ घन्टामा ६ हजार ३०४ परीक्षण गरिएको छ ।।
जिल्लागत नयाँ संक्रमितको विवरण