Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखामा २०६९ जनामा आरडीटी र पीसीआर परीक्षण, १७ जनामा पोजेटिभ

चरिकोट — दोलखामा कोरोना भाईरस् (कोभिड १९) को परीक्षणका क्रममा १७ जनामा आरडिटी र पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा जम्मा २ हजार ६९ जनामा आरडिटी र पीसीआर परीक्षण गरिएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

३ सय ३६ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ जनाको पोजेटिभ र १ हजार ७ सय १९ जनाको आरडिटी परीक्षण गरिएकोमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जिल्ला बाहिर पुष्टि भएको संक्रमितहरुको बिवरण यसमा समावेश गरिएको छैन ।

भिमेश्वर नगरपालिकाका १, शैलुङ गाउँपालिकाको २ र वैतेश्वरका १ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको छ । त्यसको रिपोर्ट आउन बाँकी छ ।

जिल्लामै कोरोना पुष्टि भएकामा गौरीशंकर गाउँपालिकाका २ र भिमेश्वर नगरपालिकाका १ जना रहेका छन् । गौरीशंकर गाउँपालिकामा सबैभन्दा बढि १ सय ५, भिमेश्वरमा ७०, तामाकोसी ४६, कालिञ्चोकमा ३४, जिरी नगरपालिकामा २८, विगुमा २५, वैतेश्वरमा २५, मेलुङमा २ र शैलुङमा १ जनामा पीसीआर परीक्षण गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाका अनुसार जिल्लामा हालसम्म ८ सय ८७ पुरुष र १ सय १ जना महिला गरी जम्मा ९ सय ८८ जना क्वारेन्टाईनमा बसेका छन् । जसमा ९ सय ४३ जना दुई हप्ता क्वारेन्टाईनमा बसेर घर गएका छन् भने ३४ जना मात्रै बाँकी छन् ।

कालिञ्चोक गाउँपालिकामा सबैभन्दा बढि ३ सय ८३ जना, गौरीशंकरमा १ सय २४, विगुमा ३ सय २४, तामाकोसीमा १ सय २७, बैतेश्वरमा १ सय ५०, भिमेश्वरमा २६, जिरीमा ११, मेलुङमा १५ र शैलुङमा २५ जना क्षमताको क्वारेन्टाईन बनाईएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update