Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोईराला प्रकरण : सजाय घटाउने फैसला पुनरावलोकन हुने

काठमाडौं - सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबाट भएको उक्त फैसला पुनरावलोकन गर्ने नयाँ आदेश दिएको हो ।

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले आईतवार फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको छ ।

पत्नी गीताको हत्या अभियोगमा कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको ईजलासले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । कोईराला सर्वोच्चको फैसलाअनुसार साउन ८ गते छुटिसकेका छन् ।

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावेदन अनुसार सर्वोच्चले उक्त फैसला पुनरावेदन गर्ने निर्णय सुनाएको हो ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update