Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मनसुन पुनः सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं - सोमबार (भोली) देखि पुनः मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुन सक्रिय हुँदा लगातार तीन–चार दिनसम्म धेरैजसो स्थानमा वर्षा हुने सम्भावना हुन्छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पुर्वानुमान छ ।

सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने र अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना छ ।

‘सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुन सम्भावना रहेको छ, विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा लेखिएको छ, ।’

वर्षासँगै नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update