काठमाडौं– दोलखाली चेली समाजसेवी हेमा मानन्धर तथा अशोक कुमार श्रेष्ठले वल्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ को सम्मान पाएका छन् । लकडाउनका कारण काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरुमा अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारको उद्धार र राहातमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई वल्ड बुक अफ रेकर्ड, बेलायतबाट स्टार २०२० बाट सम्मान गरिएको हो ।
मानन्धर र श्रेष्ठले विशेषगरी लकडाउनको समयमा दैनिक ज्यालादारी तथा मजदुर र कराँते खेलाडीका घर परिवारहरुलाई खाद्यन्न बितरण लगायत सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान गरेका थिए । उनीहरुलाई महिला, बालबालिका तथा नागरिक मन्त्री पार्वत गुरुङ्गले काठमाण्डौंमा आयोजित एकस सम्मानपत्र सहित खादा ओढाएर सम्मान गरे । सम्मान गर्दै मन्त्री गुरुङ्गले उनीहरुले समाजमा पुर्याएको योगदानको प्रशंसा गरे । मानन्धर नेप्लिज फेशन होमकी अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष हुन् ।
कार्यक्रममा वल्र्ड बुक अफ रेकर्ड, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवाल तथा र्याप गायक निर्णय श्रेष्ठ लगायतले मानन्धर र श्रेष्ठले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै बधाई र शुभकामना दिए ।
वल्ड बुक अफ रेकर्ड विश्वव्यापी रुपमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । एसिया, अफ्रिका र युरोपसहित विश्व्व्यापी सञ्जालमार्फत वल्र्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक, साँस्कृतिक, सांगीतिक आदि क्षेत्रहरुमा उल्लेख्य योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सुचिकृत र सम्मानित गर्दै आएको वल्ड बुक अफ रेकर्ड, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले जानकारी दिए ।