Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालमा लकडाउन अन्त्य भएको सरकारको घोषणा

काठमाण्डौं - सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ । सरकारले झण्डै ४ महिनापछि लकडाउन खोल्ने निर्णय गरेको हो । मंगलवार राती १२ बजेदेखि लकडाउन हटाउने निर्णय भएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय भएको हो । कुनै दिन ७ सयसम्म संक्रमित थिए, अहिले २ सय भन्दा तल छ । अब हामी लकडाउनमा छौं भनेर भन्नुपरेन, अब यो साउन महिनाभरिको अवस्था हेर्छौ, खतिवडाले भने ।

यो बीचमा अबधि हेरेर सरकारले भदौमा थप निर्णय लिने उनले बताए । यस्तै सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेपनि अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि सरकारले त्यसको रोकथाम र नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  २२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update