Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘केरुङ च्छो’ ताल फुट्ने खतरा, भोटेकोसी क्षेत्रका स्थानीयलाई सतर्क रहन प्रशासनको आग्रह

काठमाडौं - लगातारको वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ताल फुट्ने सम्भावना बढेपछि सिन्धुपाल्चोकको भोटेकोशी नदी तटिय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

खासाको ‘केरुङ च्छो’ ताल भरिएपछि फुट्ने चेतावनी दिईएको हो । चिनियाँ अधिकारीहरुबाट अत्याधिक वर्षा भइरहेको ताल फुट्नसक्ने सम्भावना रहेको सूचना प्राप्त भएकाले सतर्कताका लागि आग्रह गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

उक्त तालको तल्लो तटिय क्षेत्रका आफ्ना नागरिकलाई चीनले माथिल्लो भागमा सारिरहेको बताईएको छ । ताल फुटेमा भोटेकोशी नदीमा बाढी आएर नदी तटिय क्षेत्रका बस्तीमा क्षति पुर्‍याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।

स्थानीय प्रशासनले नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन पनि दिएको छ । तातोपानी नाकाबाट ६ घण्टा हिडेपछि उक्त तालमा पुगिन्छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update