Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
महासंघको निर्बाचनमा मानन्धर केन्द्रिय सदस्यको उम्मेदवार बन्ने

चरिकोट - नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा दोलखाबाट पूर्व अध्यक्ष रामेश्वर मानन्धर केन्द्रिय सदस्यको उम्मेदवार हुने भएका छन् ।

संघको सोमवार बसेको नियमित बैठकले मानन्धरलाई जिल्ला/नगर तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । मानन्धरले दोलखा उद्योग बाणिज्य संघको तीन कार्यकालको नेतृत्व गरिसकेका छन् ।

यसैगरी संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठलाई मुख्य प्रतिनिधि, रामेश्वर मानन्धरलाई उम्मेदवार प्रतिनिधि, देबकृष्ण थापालाई अतिरिक्त प्रतिनिधि बनाउने निर्णय पनि बैठकले गरेको छ ।

संघका महासचिव हेमराज रिमालले उम्मेदवार र प्रतिनिधिका सन्दर्भमा बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यही साउन २५ र २६ गते सम्पन्न हुँदैछ । 

मानन्धर किशोर प्रधानको प्यानलबाट केन्द्रिय सदस्यको निर्वाचन लड्ने भएका हुन् । उपाध्यक्ष स्वत अध्यक्ष हुने विद्यानको प्रावधानका कारण महासंघको निर्वाचनमा चन्द्र प्रसाद ढकाल र प्रधानको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update