Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जिरीमा ११ करोड लागतमा यस्तो बन्दैछ (विजनेस कम्प्लेक्स)

जिरी —दोलखाको पर्यटकिय नगरी जिरीमा व्यवासायिक प्रयोजनका लागि (विजनेस कम्प्लेक्स) निर्माण प्रक्रिया अघि बढेको छ । जसका लागि जिरी नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ ।

नगरप्रमुख टंक जिरेल र प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले नगर विकास कोषसँग ऋण सम्झौतामा हस्ताक्षर गरेका हुन् । जिरी नगरपालिका ५ को लिंकन बजारमा (विजनेस कम्प्लेक्स) निर्माण हुने भएको हो ।

निर्माण कार्यका लागि ११ करोड लागत अनुमान गरिएको छ । नगर विकास कोषको तर्फबाट ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत लगानी व्यहोर्नेगरी सम्झौता भएको हो ।

नगरप्रमुख जिरेलका अनुसार कम्प्लेक्स सुविधासम्पन्न रेष्टुरेन्टसहित ५ तलाको बन्नेछ । दशैँतिर लगत्तै भवन निर्माणका लागि टेन्डर आव्हान गरी निर्माण कार्य अघि बडाउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  २३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update