हेटौँडा — वाग्मती प्रदेशका सांसद विशाल खड्काले व्यवस्थित योजना सहित सार्बजानिक यातायात सुचारु हुनुपर्ने बताएका छन् । प्रदेशसभामा आईतवार आफ्नो धारणा राख्दै सांसद खड्काले जनताको पिडालाई मध्येनजर गरेर व्यवस्थित योजनासहित सार्वजानिक यातायात सुचारु गर्नुपर्ने आवाज उठाए ।
‘कोरोना महामारीले उत्पन्न गरेको संकटले सडक सुचारु नहुँदा सानालाई ऐन, ठुलालाई चैन जस्तै भैरहेको छ, उनले भने एउटा व्यवस्थित योजना सहित सार्वजानिक यातायात सुचारु गरौं ।’
दोलखा जिल्लाबाट वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद खड्काले बाढीपहिरोले पुर्याईरहेको जनधनको क्षति, पिडितहरुलाई राहत, उद्धार र पुर्नस्थापनातर्फ सरकारको ध्यानाकर्षण गराए ।
ठोरी अयोध्यापुरीलाई राजनीतिक विषय नबनाऔं
सांसद खड्काले अर्को एक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि दिएको अभिव्यक्तिप्रति ईंगित गर्दै ठोरी अयोध्यापुरीको विषयलाई राजनीतिक र राष्ट्रबाद भन्दा पौराणीक अध्ययनको विषय बनाउनुपर्नेमा जोड दिए । पौराणीक आबरणभित्र राष्ट्रबादको कुरा गरेर मुलुकको हित नहुने उनको भनाई छ ।
‘राजनितिक फण्डाको रुपमा सस्तो लोकप्रियताको लागि यसको आवरणभित्र राष्ट्रबादको कुरा गरेर मुलुकको हित हुन सक्दैन, यसले संघियतालाई पनि राम्रो गर्दैन उनले भने ।’
लुम्बिनी र बुद्ध हाम्रो हो भन्दा भारतको उचाई नबढेको भन्दै सांसद खड्काले यसलाई राजनिति भन्दा बाहिर नलगिए एकजाति, एक धर्म र एकात्मक राज्य चाहने आतिवादीहरुले फाईदा लिनसक्ने तर्फ सचेत गराए ।
‘नेपालको प्राचिन ईतिहाँस १५ सय वर्ष पुरानो छ, तर रामायण करिव ३५ सय वर्ष पुरानो ईतिहाँस हो, सत्य मात्रै स्थापित गरौं, उनले भने, ‘सत्य भनेको कुनै देश र व्यक्तित्वको एकाधिकार हुँदैन । मानवतावादबाट कटेको साँघुरो राष्टवादले देश समृद्ध बन्न सक्दैन ।’