चरिकोट - दोलखा मेलुङ गाउँपालिकाको पावटीमा यात्रुवाहक बस दुर्घट्ना हुँदा १८ जना घाईते भएका छन् । घाईतेमध्ये ३ को अवस्था गम्भिर छ । गम्भिर घाईते पवटीका रामचन्द्र खड्का र गोमा खड्कालाई थप उपचारका लागि काठमाण्डौं रिफर गरिएको छ ।
अर्का गम्भिर घाईते पवटीका रुम्बा तामांग र अन्य ३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भैरहेको छ । अन्य सामान्य घाईतेहरु प्राथमिक उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।
गौरीशंकर यातायातको वा ५ ख ६५९० नम्बरको बस दुर्घट्ना भएको हो । बस यात्रु लिएर पवटीबाट सदरमुकाम चरिकोट आउँदै थियो । चिप्लो सडकका कारण अनियन्त्रित भई बस दुर्घट्ना भएको बताईएको छ । घट्नास्थलबाट बसलाई जेसिबि स्काभेटरको सहायताले निकालिँदैछ ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त घाईतेहरुको नामावली :
१. जिल्ला दोलखा मेलुङ गा.पा. १ पोवटी बस्ने बर्ष ३१ को नबिन प्र.ओली (अबस्था खुट्टामा चोट, सामान्य)
२. २. ऐ.ऐ. बस्ने बर्ष २८ की सलिना खड्का (टाउको पछाडी सुनिएको अबस्था सामान्य)
३. ऐ.ऐ. बस्ने बर्ष २४ की कबिता ओली (शरिरको बिभिन्न ठाउंमा चोट अबस्था सामान्य)
४. ऐ.ऐ. बस्ने बर्ष ४२को रामचन्द्र खड्का (शरिरमा चोट नदेखिएको तर नबोल्ने)
५. ऐ. कालिन्चोक गा.पा. ३ लामिडांडा बस्ने बर्ष २९ की पबित्रा शिवाकोटी (निधारमा चोट अबस्था सामान्य)
६. ऐ.ऐ. बस्ने बर्ष २ को प्रमोद शिवाकोटी (टाउकोमा चोट अबस्था सामान्य)
७. ऐ. मेलुङ १ पोगटी बस्ने बर्ष २६ को प्रकाश नेपाली (कम्मरमा चोट अबस्था मध्यम)
८. ऐ. ऐ. बस्ने बर्ष २२को देबेन्द्र बहादुर बस्नेत (ढाडमा चोट अबस्था सामान्य)
९. ऐ.जि. दोलखा शैलुङ गा।पा।३ बस्ने बर्ष ३८ को लक्ष्मी तामाङ (टाउको र दायां खुट्टामा फ्याक्चर)
१०. ऐ. भि.न.पा. ३ बस्ने बर्ष ३८ की धनमाया शिवाकोटी (टाउकोमा चोट अबस्था सामान्य)
११. ऐ. कालिन्चोक गा।पा। ९ बस्ने बर्ष ५९ को जनक राज शिवाकोटी (छातीमा चोट अबस्था सामान्य)
१२. ऐ.ऐ. बस्ने बर्ष ६५ को रुम्बा माइला तामाङ (कम्मरमा चोट अबस्था मध्यम)
१३. ऐ.ऐ. बस्ने बर्ष ४५ की गोमा खड्का बायां हातमा चोट अबस्था मध्यम (गाडिले हात थिचिएको महिला)
१४. ऐ.ऐ. बस्ने बर्ष ३५ की सोनी तामाङ शरिरमा भित्री चोट (अबस्था मध्यम)
१५. ऐ.ऐ. मेलुङ गा.पा. १ बस्ने बर्ष ५१ को रत्न बहादुर उपरकोटी (दाहिने हातमा चोट अबस्था सामान्य)
१६. ऐ. ऐ. बस्ने बर्ष २२ को बिकेन्द्र बस्नेत (दायां खुट्टामा चोट अबस्था सामान्य)
१७. ऐ. बस्ने बर्ष ३१ को हरिचन्द्र थपलिया (मुखमा चोट अबस्था सामान्य)
१८. ऐ.ऐ. बस्ने बर्ष ४५ को कृष्ण थपलिया (बायां हातमा चोट अबस्था सामान्य)